घरमै नमाज पढेर ‘बकर इद’ मनाउन राष्ट्रिय मुस्लिम आयोगको आग्रह


जनकपुरधाम : राष्ट्रिय मुस्लिम आयोगले घरमै बसेर बकर इद मनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिति मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए । देशवासीको स्वास्थ्य सुरक्षाका लागि यो कदम चालिएको उनको भनाई छ ।

मुस्लिम धर्मावलम्वीको मुख्य पर्व बकर इद बुधबार परेको छ । सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा समेत दिने निर्णय गरिसकेको छ ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ११:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ