सांसद पदबाट राजीनामा दिने अमेशकुमार सिंहको घोषणाा


काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका संघीय साँसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । क्रियाशील सदस्यता विवादका कारण उनी साँसद पद परित्याग गर्ने घोषणा गरेका हुन् ।

सर्लाहीबाट निर्वाचित सिंहले बालुवाटार पुगेर आजै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको स्रोतले जनाएको छ । पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र आफ्ना मतदाताको अपमान गरिएको उनको आरोप छ ।

सिंहले भनेका छन्, ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ । मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु ।’

प्रकाशित : २०७८ श्रावण ६, बुधबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ