एमाले विस्तारित बैठकस्थलमा तोडफोड, माधव समूहमाथि आरोप


मोरङ : नेकपा एमाले उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ । बिहीबार उर्लाबारी नगरपालिका ८ एभरेष्ट फनपार्कमा आयोजना हुने भनिएको बैठक सुरु हुनुअगावै तोडफोड भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आयोजना थियो । कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको थियो । तर बिहान करिब साढे ११ बजे तोडफोडको घटना भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसा फुटाइएका छन् । गौतमका अनुसार बैठक बिथोल्ने क्रममा तोडफोड गरिएको हो । तोडफोडको आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि लागेको छ ।

यता, नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा आफूहरुको कुनै संलग्नता नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १५:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ