पंखाको नाङ्गो तारमा करेन्ट लागेर चौधरीको मृत्यू


टुडेखोज, पर्सा : करेन्ट लागेर आज बिहान वीरगञ्ज महानगरपालिका २४ रमगढवामा एक जनाको मृत्यु भएको छ ।

मोहित फुड प्रोडक्ट प्रालि (सोयाबिन फ्याक्ट्री)मा कार्यरत जिराभवानी गाउँपालिका ३ का ३५ वर्षीय पदमदेव राय चौधरीको मृत्यू भएको हो । फ्याक्ट्रीमै पंखाको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ