काँग्रेसको धनुषा सभापतिमा प्रसैलाको चर्चा


टुडेखोज, जनकपुरधाम : नेपाली काँग्रेस धनुषाको सभापतिमा पूर्वसाँसद दिनेश प्रसैलाको चर्चा सुरु भएको छ ।

काँग्रेसको १४ औं महाधिवेशन नजिकिएपछि धनुषा सभापतिमा आधा दर्जन नेताले उम्मेदवारी घोषणा गरेका हुन् । जसमध्ये सबभन्दा बढी चर्चामा प्रसैला छन् । उनी इमान्दार र पार्टीप्रति वफादार भएका कारण उनलाई जिल्ला सभापति बनाउन चर्चा यूवाहरुले चलाएका हुन् ।

धनुषाको तत्कालिन क्षेत्र १ बाट दोस्रो संविधानसभा सदस्यमा प्रसैला निर्वाचित भएका थिए । उनी पार्टीका क्षेत्रीय कार्य समितिको सदस्य र सचिव हुदै दुई पटक क्षेत्रीय सभापति समेत भइसकेका छन् । धनुषामा असल नेताको रुपमा उनी परिचित छन् ।

प्रसैलालाई काँग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहको समर्थन छ । धनुषामा काँग्रेस सभापति शेरबहादुर देउवा एवं उपसभापति बिमलेन्द्र निधि समूहबाट ५/६ जना सभापतिका उम्मेदवार भएका कारण प्रसैलाले बाजी मार्ने सम्भावना देखिएको छ ।

धनुषाको सभापतिमा प्रसैला विजयी भएमा संगठन चुस्ततुरुस्त बनोउने चर्चा पनि नेताहरुबीच चल्ने गर्छ । निधी समूहकै एक नेताले भने, ‘इमान्दारिता पूर्वक भन्ने हो भने जिल्ला सभापति लाइक नेता प्रसैला मात्र हुनुहुन्छ । उहाँलाई हाम्रो पनि समर्थन हुनेछ ।’

प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ