कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित


काठमाडौं : नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएको छ । साउन १२ गते हुने वडा तहका अधिवेशनको समय तोकिएको थियो ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको उनले बताए ।

क्रियाशील सदस्यताको छानविन प्रतिवेदन साउन १२ मा पेश हुँदैछ । छानविन समिति संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेपछि मात्रै अधिवेशनको टुंगो लाग्ने शर्माले बताए । ‘प्रतिवेदन पेश भएपछि नयाँ मिति तोकिन्छ, तर वडाको अधिवेशन पर सर्दा सबै तहलाई प्रभावित पार्न सक्छ,’ शर्माले भने ।

कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि तोकिएको छ । त्यसलाई प्रभावित नपार्ने गरी नयाँ मिति तोकिने शर्माले बताए ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ