महन्थ पक्ष सर्वोच्चमा रिट हाल्नु पराजित मानसिकता : महेन्द्र राय यादव


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा रिट हाल्नु पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका उनले निर्वाचन आयोगले जसपा आधिकारिकताका विषयमा फैसला गर्न नपाउँदै सर्वोच्च अदालतमा मुद्दा हालेर छेकवार गर्न खोजिएको जिकिर गरे । उनले भने, ‘निर्वाचन आयोगबाट आफू अनुकुल फैसला नआउने देखिएपछि पराजित मानसिकताले सर्वोच्चमा मुद्दा हालियो ।’

जसपा आधिकारिकता साउन ११ गते टुङ्गिने भएको छ । आयोगले कार्यकारिणी सदस्यलाई नागरिकता लिएर आउन भनिएको छ । तर कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत रहेको छ । त्यसैल अध्यक्ष ठाकुर सर्वोच्च गुहारेका हुन् ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ