दुर्घटनामा मृत्यू भएका कापरका परिवारलाई मलेसियाबाट ५० हजार सहयोग


सिबेन्द्र रोहिता, जनकपुरधाम : सवारी दुर्घटनामा एक वर्ष अगाडी मृत्यू भएका हंसपुर नगरपालिका ३ धनुषाका २६ वर्षीय सुबोध कापरका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

मलेसियामा मजदुरी गरिरहेका हंसपुरकै रामललित कापरले आर्थिक संकलन गरी पठाएको ५० हजार रुपैया कापरका परिवारलाई आज हस्तान्तरण गरिएको छ । एक समारोहबीच जनमत पार्टीका हंसपुर नगर अध्यक्ष बिबेक राउतले कापरका श्रीमती रानीलाई ४० हजार र उनको आमा–बुवालाई १० हजार रुपैया हस्तान्तरण गरे ।

घरको आर्थिक अवस्था कमजोर रहेका कारण मृतक कापरका परिवारलाई आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग पाएका कापरका परिवारले सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ