स्वास्थ्य राज्यमन्त्रीमा उमेश नियुक्त


काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान)का संस्थापक अध्यक्षसमेत हुन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ ।

उनी दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ