महन्थ ठाकुरलाई भिष्म पितामह भन्दै रेशम चौधरी तटस्थ बसे


काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । मतदान गर्न निर्वाचन आयोग पुगेका चौधरीले आफू तटस्थ बसेको जानकारी दिए ।

‘जित्ने पनि जसपा र हार्ने पनि जसपा भएको अवस्थामा मैले कतै पनि हस्ताक्षर गर्न सकिन,’ उनले भने, ‘म तटस्थ बसेँ ।’ महाभारतको केहि व्याख्या गर्दै उनले महन्थ ठाकुरलाई भिष्म पितामह भन्दै सम्मान दिनुपर्ने बताए ।

सञ्चारकर्मीमाझ कुरा गर्नुभएका उनले आफू निर्दोष रहेको विषय पुनः दाहोर्याएका छन् । न्यायालयले राजनीतिक मुद्दामा फौजदारी अभियोगको सजाय दिएको उनको भनाइ छ ।

रेशम चौधरी तठस्थ बस्नुअघि नै जसपाको उपेन्द्र यादव पक्षमा बहुमत भइसकेको थियो । यादव पक्षले बहुमत पुर्याएसँगै पार्टीको आधिकारिकता अब यादवको पक्षमा जानेछ भने महन्थ ठाकुर समूह दलविहीन हुनेछ ।

प्रकाशित : २०७८ श्रावण ११, सोमबार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ