सिरहा : जसपाको आधिकारिकता उपेन्द्र पक्षले पाएपछि मिठाई बाँडियो


टुडेखोज, लहान । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएपछि मधेसभर खुशियाली छाएको छ ।

निर्वाचन आयोगले उपेन्द्र पक्षलाई आधिकारिकताको फैसला गरेलगत्तै सिरहाको गोलबजारमा जसपाका समर्थक र नेता कार्यकर्ताले मिठाई बांडेका हुन् । प्रतिगमनकारी पूर्व प्रधानमंत्री केपी ओलीलाई सहयोग गर्ने गद्दार नेताहरुको पराजित भएपछि मिठाई बाडेको गोलबजारका एक अगुवाले बताए ।

आयोगले पार्टीका कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेर उपेन्द्र पक्षलाई आधिकारिकताको फैसला गरेको छ । ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्रको पक्षमा ३४ जना उभिए । जेलमा रहेका निलम्बित सांसद एवं कार्यकारिणी सदस्यले तटस्थ बसे भने १६ सदस्य महन्थ ठाकुरको पक्षमा सनाखत गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण ११, सोमबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ