जसपा देउवा सरकारमा जाने, उपेन्द्र यादव मन्त्री नबन्ने


जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने र अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा चाँडै सहभागि हुने अध्यक्ष यादवले बताए । उनले भने, ‘तर म सरकारमा जादिन् । पार्टी सरकारमा सहभागि हुने कार्यकारिणी समितिले नै निर्णय गरिसकेको छ । गठबन्धन सरकारमा पार्टीबाट अन्य साथीहरु मन्त्री बन्ने उनको भनाई छ ।

एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसित विवाद भएपछि उनी सरकार छाडेका थिए । ‘अब संगठन निर्माणका लागि सम्पूर्ण समय लगाउने छु’ उनले भने ।

उनका अनुसार पार्टीमा अनावश्यक विवाद गरेर संगठन निर्माणको कामलाई अबरोध गरिएको थियो । संगठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढ्न जसपाका नेता, कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

जसपाबाट सरकारमा वरिष्ठ नेता महेन्द्र यादव वा रेणु यादवले नेतृत्व गर्ने स्रोतले जनायो । पार्टीले भने अहिलेसम्म कुनै निर्णय भने गरिसकेका छैन ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार ०७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ