धनुषाबाट कुख्यात डकैतलाई प्रदेश प्रहरीले समात्यो


जनकपुरधाम : हतियार देखाएर डकैती गर्ने एक कुख्यात डकैत पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ४ ठाडीका अन्दाजी ४० वर्षीय चन्दन पासवान रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले विशेष सुराकीको आधारमा पासवानलाई पक्राउ गरेको बताइएको छ । घरमै लुकेर बसेको अवस्थामा उनलाई प्रदेश प्रहरीले स्थानीय प्रहरीसँग सहकार्य गरी पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका पासवानसहितको समूहले २०७७ चैत ३० गते राति सिरहाको लहान नगरपालिका ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती तथा लुटपाट गरेका थिए । सारडाको गाडी (कार) समेत लिएर डकैतहरु भाग्न खोजेका थिए ।

यस्तै २०६७ साउन २९ गते रुपन्देहीको तत्कालिन चिल्हिया गाविस ६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा समेत डकैती गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ