मन्त्रालयमै आसेपासेलाई खोप, पत्रकार पुगेपछि भागाभाग !


धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोनाविरुद्ध खोप लगाइएको छ । आज (बुधबार) देखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिए पनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै खोप लगाएको हो ।

मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो । मन्त्रालयमा पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारीनिकट व्यक्तिको ‘भागाभाग’ भएको थियो । यो पटक ५५ वर्षमाथिका नागरिक, शिक्षक-कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह-चालक, अतिअत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई मात्र खोप लगाइने भनिएको थियो ।

यता आफ्नै कार्यकक्षमा रहेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले यसबारे जानकारी नभएको प्रतिक्रिया दिए । ‘तपाईंहरू आएपछि मात्रै मैले जानकारी पाएँ । यसबारे म बुझ्छु,’ उनले भने । थाहा खबर

प्रकाशित : २०७८ श्रावण १३, बुधबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ