जटही नाकाबाट सशस्त्रले किशोर-किशोरीलाई नियन्त्रणमा लिए


बिपिन यादव, जनकपुरधाम : धनुषाको जटही नाकाबाट भारततर्फ गइरहेका एक जोडी (किशोर-किशोरी)लाई सशस्त्र प्रहरी बल बिओपि नगराइनको टोलीले नियन्त्रणमा लिएको छ ।

सशस्त्रका प्रहरी नायब निरीक्षक संजय बराल नेतृत्वको टोली इटहरी ७, सुनसरीकी १७ वर्षीया पोखरेल थरकी किशोरी र धनुषाकै नगराईन नगरपालिका ४ का २३ वर्षीय बिमल राउतलाई नियन्त्रणमा लिएको हो । उनीहरुले बिहे गर्न भारत गइरहेको बयान प्रहरीलाई दिएको बुझिएको छ ।

प्रहरीले शंका लागेर दुबैजना (किशोर-किशोरी)लाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सिमा प्रहरी चौकी जटहिको जिम्मा लगाएको छ ।

प्रकाशित : २०७८ श्रावण १३, बुधबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ