महोत्तरीमा हराएका बालक बगैंचामा मृ‌त भेटिए, कान्छी आमा र बुवा फरार


जनकपुरधाम : बुधबार साँझदेखि हराइरहेका ५ वर्षीय बालकको शव फेला परेको छ ।

महोत्तरी रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्रकिशोर यादवको ५ वर्षीय छोरा रितेशको बुधबार साँझदेखि हराएका थिए । चारैतिर खोजतलास गरिए पनि रातिसम्म उनलाई भेट्टाउन सकिएको थिएन ।

आज बिहीबार बिहान घरभन्दा ५० मिटर पश्चिम हीरा साहको फूलबारीको केराको बोट नजिक रितेशको शव परालले छोपिएको अवस्थामा फेला पारिएको हो । कुहिएकेको अवस्थाको उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी टोलीले घटनास्थलबारे बुझेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जनाए ।

शवको प्रकृति हेर्दा बालकको घाँटी निमो’ठेर ह-त्या गरेको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ । ​रितेशकी आमा तीन वर्षीय भाइ र उनलाई लिएर माइतीमै बस्दै आएकी थिइन् । बालकका बुवाले अर्को बिहे गरेका छन् ।

घटनापछि भने बालकका बुवा चन्द्रकिशोर यादव र कान्छी आमा दुवै फरार छन् । घटना शंकास्पद देखिएकाले थप अनुसन्धान जारी रहेको र बालकका बुवा र कान्छी आमालाई प्रहरीले खोजिरहेको डिएसपी विष्टले बताए ।

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार २०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ