जसपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा शर्मा


काठमाडौं : अर्घाखाँचीका विष्णुहरि शर्मा जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन भएका छन् ।

बिहीबार जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो । शर्मा २०६४ सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका थिए ।

लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा लागेका शर्मा पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईका सहपाठी हुन् ।

प्रकाशित : २०७८ श्रावण १५, शुक्रबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ