जनकपुरका मेयरको घर अगाडि फोहोर थुपारियो, बिरोधमा नारा जुलुस पनि


जनकपुरधाम : जनकपुरधाम उपमहानगर-४ स्थित मेयर लालकिशोर साहको घर अगाडि युवाहरूले आज बिहान फोहोर थुपारेका छन् ।

जनकपुरधाम धार्मिक नगरी भए पनि फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीय मनिष पासवानको नेतृत्वमा युवाहरूले सडकको फोहोर उठाएर मेयर साहको घर अगाडि थुपारेका हुन् ।

उनीहरूले मेयर साह र उपमेयर रिता मिश्रविरुद्ध नाराबाजीसमेत गरे । ‘जनकपुर सन पावन नगरी, एकरा बना देली कचरा के डगरी’, ‘कतबो करबे बापरे बाप, कर परतौ तोरे साफ’लगायतका नारा समेत युवाहरूले लगाएका छन् ।

फोहोर नउठ्दा शहरी क्षेत्र नै कुरूप बनेको र आतंक मच्चाएको लामखुट्टे नियन्त्रणमा चासो नदेखाएपछि विरोध स्वरूप मेयर साहको घर अगाडि फोहोर फालेको युवाहरूले बताएका छन् ।

प्रकाशित : २०७८ श्रावण १६, शनिबार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ