जसपा संसदीय दलको नेता उपेन्द्र की बाबुराम ?


काठमाडौं : सत्ता साझेदार जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसिरहेको बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको छ ।

दलको नेता चयनका लागि निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया पनि सार्वजनिक गरिसकेको छ । सुरुमा सर्वसम्मतिले दलको नेता चयन प्रयास गर्ने तयारी जसपाले गरेको छ । तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गरिने भएको छ ।

जसपामा दलको नेताका लागि उपेन्द्र यादव बलियो देखिएका छन् । नेताका लागि डा.बाबुराम भट्टराईले पनि आकांक्षा देखाएका छन् ।

प्रकाशित : २०७८ श्रावण १६, शनिबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ