रौतहटमा आइटी आर्मीको प्रर्दशन


रौतहट : रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।

देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली गरेको अध्यक्ष चन्द्रभूषण साहले बताए । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

गरुडाबाट शुरु भएको मोटरसाइकल -याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो । नवगठित सो सँस्थाले विभिन्न स्थानीय तहहरुमा संगठन निर्माणको कार्यलाई पनि तीव्रता दिएको छ ।

अनलाइन खबर

प्रकाशित : २०७८ श्रावण १६, शनिबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ