पदमा रहुन्जेल कुनै सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफू पदमा रहुन्जेल कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् । राज्यमन्त्री पदमा रहँदासम्म सरकारले दिने पारश्रमिक तथा तलबभत्ता नलिने उनले घोषणा गरेका हुन्‌ ।

मन्त्रालयमा आयोजित आफ्नो १०० दिनको आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । तर सरकारले दिने सुरक्षाकर्मी सुविधा भने उनले लिने बताए । सुरक्षाकर्मीबाहेक उनले तलब-भत्ता, गाडी र आवास लगायत सेवा-विधा केही नलिने बताएका हुन् ।

स्वार्थ बाझिने गरी उनलाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेका बेला राज्यमन्त्री श्रेष्ठले आफू संलग्न रहेको व्यावसायिक संस्थाहरुबाट समेत राजीनामा दिने बताए । उनले आफू मन्त्री पदमा रहुन्जेलका लागि अन्य विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार १२:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ