भारु ९ लाख रुपैयाँ बोकेका २ जना पक्राउ


नवलपरासी : नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई बर्दघाट नगरपालिका १२ भटौलियास्थित परासी–नारायणचोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् ।

लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा बर्दघाटतर्फ आउँदै गर्दा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका २ का बर्ष ३५ को योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खानलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको लामाले बताए ।

बरामद रकमसहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पनि डिएसपी लामाले जानकारी दिए । उनका अनुसार उनीहरु हुण्डी कारोबारी रहेको अनुमान छ ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार २१:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ