मधेस समता पार्टीसहित ४१ दलको दर्ता खारेज, हेर्नुस् सूची


काठमाडौं : निर्वाचन आयोगले वार्षिक आय ब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै कुनै समय संविधानसभामा सांसद र मन्त्री बनाएको चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको जनाएको छ । खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ ।

जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा लेखेर पठाइएको छ । ती व्यक्तिहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने भएका छन् ।

४१ वटा दलको दर्ता खारेज भएसँगै अब निर्वाचन आयोगमा ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् । हेर्नुस् सूची :

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ