देशभरका १० राजमार्ग अवरुद्ध


काठमाडौं : देशमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण आएको बाढी पहिरोले देशभरका १० राजमार्ग अवरुद्ध भएका छन् ।

सडक विभागका अनुसार देशभरका १० राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । यसै गरी ९६ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । दुवैतर्फ ५२ राजमार्ग सुचारु रहेका छन् ।

राजमार्ग अवरुद्ध भएसँगै यात्रु अलपत्र परेका छन् ।विभागका अनुसार वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्षति पुगेको छ ।

वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक अवरुद्ध हुँदै आएका छन् ।

प्रकाशित : २०७८ श्रावण २०, बुधबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ