सिरहा : मावि महदेवा पोर्तहाका ५२ छात्रालाई साइकल वितरण


टुडेखोज, लहान । सिरहाको सखुवानन्कारकट्टि गाउपालिका ३ स्थित माध्यमिक विद्यालय महदेबा पोर्तहाका छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ५२ जना छात्रालाई साइकल वितरण गरिएको हो । साइकल जसपा नेता दिपेश यादव सहितले छात्राहरुलाई हस्तान्तरण गरेका छन् ।

छात्रालाई शिक्षामा पहुंच बढाउने उदेश्यले प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई साइकल बांड्दै आएको छ ।

प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ