बालाजु औद्योगिक क्षेत्रमा भयानक आगलगी, राति २ बजेदेखि नै नियन्त्रणको प्रयास


काठमाडौं : राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र बालाजुमा छन् ।

मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी नियन्त्रणमा लिन नसकिएकाले क्षतिको विवरण संकलन गर्नसक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २३, शनिबार ०८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ