जनकपुरको धनुष सागर पोखरीमा भेट्यो युवकको लाश


टुडेखोज, जनकपुरधाम : जनकपुरधामको धनुष सागर पोखरीमा शनिबार एकाबिहानै युवकको लाश भेटेको छ ।

शुक्रबार बेलुका पोखरीमा डुबेको स्थानीय ३५ वर्षीय सन्तोष सहनीको शव शनिबार विहान पोखरीको छेउमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक युवकको घर कटैया चौरी रहेको प्रहरीले जनाए ।

नुहाउन गएको बेला डुबेर उनको मृत्यु भएको प्रहरीको भनाई छ । शवको पोस्टमार्टम भएपश्चात यकिन हुने प्रहरीले जनाएको छ । शुक्रबार युवक पोखरीमा डुबे पश्चात प्रहरी, स्थानीय र सस्त्र प्रहरीको टोलीले घण्टौ युवकलाई खोजेका थिए ।

प्रकाशित : २०७८ श्रावण २३, शनिबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ