एसईईको नतिजा प्रकाशित


काठमाडौं : ०७७ सालको माध्यमिक शिक्षा परीक्षा-कक्षा १० (एसईई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार अपराह्न नतिजा प्रकाशन गरेको हो ।

कोभिड-१९ महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन । सोही कारण विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको हो ।

बोर्डका अनुसार एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।

प्रकाशित : २०७८ श्रावण २३, शनिबार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ