उपेन्द्र यादवको साथ छाडे सुर्यनाथ यादव, पुनः माओवादी केन्द्रमै प्रवेश


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य सुर्यनाथ यादव पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।

जसपाका केन्द्रिय सदस्य यादव आईतवार माओवादी केन्द्रमा प्रबेश गरे । काठमाडौमा आयोजित एक कार्यक्रमबीच यादवलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर पार्टीमा प्रवेश गराए । माओवादीमा लागेर जनयुद्ध लडेका यादव २०७१ सालमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।

सप्तरी घर भएका उनी जसपा छाडेपछि उपेन्द्र यादवलाई झड्का लागेको छ । जसपामा व्यापक विवाद देखिएकाले उनी माओवादीमै फर्केको बताइएको छ । उनलाई पार्टीमा सम्मानजनक स्थान प्रचण्डले प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित : २०७८ श्रावण २४, आईतवार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ