कर्मचारीको नयाँ तलबमान कायम गर्ने सरकारको निर्णय


काठमाडौं : सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्न् निर्णय गरेको सरकारका प्रवक्ता एबम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय मन्‍त्रिपरिषद् बैठकले गरेको हो ।

प्रकाशित : २०७८ श्रावण २५, सोमबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ