बन्दुकसहित वडाध्यक्ष चौधरी पक्राउ


कैलाली : कैलालीको कैलारी गाउँपालिका १ का वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष चौधरीका साथै धनगढी उपमहानगरपालिका २ का ४६ वर्षीय मोहितकुमार शाहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगङ्गा नगरपालिका ९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।

बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १४:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ