नेपालमा कोरोना: आज फेरी ३५ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ (५९०६ एन्टीजेन र १३२१७ पीसीआर) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मंगलबार थप ३५ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । मृत्युदर ५.१८ प्रतिशत पुगेको छ । २११५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या उकालो लाग्दै ३७ हजार ३३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १२२६ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १९२ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख २० हजार, कूल मृत्यु १० हजार १५० र कूल निको हुने संख्या ६ लाख ७३ हजार पुगेको छ । अहिलेसम्म २७ लाख २२ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् ।

प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ