धनुषाका कांग्रेस नेता राय अस्पताल भर्ना


टुडेखोज, जनकपुरधाम : नेपाली कांग्रेस धनुषाका बरिष्ट नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा दिगम्बर रायलाई अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

हर्टमा समस्या भएपछि बरिष्ट नेता राय प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका हुन् । अस्पतालको आइसियू कक्षमा उनको उपचार भइरहेको कांग्रेस नेता जीबनाथ चौधरीले जानकारी दिए ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र उनका सल्लाहकार समेत रहेका चौधरी अस्पतालमा भर्ना भएका नेता रायलाई भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार ०७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ