सिरहामा ट्याक्टर पल्टिदा मजदुरको मृत्यू


टुडेखोज, सिरहा : सिरहाको गोलबजारमा ट्याक्टर पल्टिदा च्यापिएर एक मजदुरको मृत्यू भएको छ । मृत्यू हुनेमा गोलबजार नगरपालिका १ का ३० वर्षीय अरुण यादव रहेका छन् ।

स १ त ५९३५ नम्बरको ट्याक्टर पल्टिदा च्यापिएर मजदुर यादवको मृत्यू भएको हो । बालुवा ल्याउन गइरहेका ट्याक्टर धनगढीमाई नगरपालिका ७ गागनखोला नजीकै पल्टिदा मजदुर च्यापिएको थियो ।

घटनापछि ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव फरार भएका छन् । उनीहरुको खोजी भइरहेको गोलबजार प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ