आजको मौसम : प्रदेश २ सहित अधिकांश भागमा वर्षाको सम्भावना


काठमाडौं : आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ