प्रदेश २ : पेस्तोल खरिद विक्री गरिरहेकै बेला प्रहरीको छापा, तीन जना पक्राउ


टुडेखोज, जनकपुरधाम । पेस्तोल खरिद विक्री गरिरहेकै बेला होटलमा छापा मारेर पर्सा प्रहरी र प्रदेश २ प्रहरी कार्यालय जनकपुरका संयुक्त टोलीले तीन जनालाई पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका १५ ब्रह्मचोकस्थित एक होटलबाट एक थान पेसतोलसहित तीन जना पक्राउ परेका हुन् । तीनै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु :
१) अनिल साह, ३५ वर्ष
ठेगाना– वीरगञ्ज महानगरपालिका १२
२) रवि पौडेल, ३२ वर्ष
ठेगाना– धरान १५
विजय कुमार पटेल, ४० वर्ष
ठेगाना – पर्सा पकाहामैनपुर गाउँपालिका ७

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार २०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ