जनकपुरमा यसरी धुमधामका साथ मनाइयो यूवा दिवस


जनकपुरधाम : जिल्ला युवा सञ्जाल धनुषाले सचेतना कार्यक्रम गरी युवा दिवस मनाएको छ । विहिबार सञ्जालले जनकपुरधाममा कोरोना भाइस (कोभिड–१९)बाट हुनसक्ने क्षतीप्रति सचेत गराउँद युवा दिवस मनाएको हो ।

सचेतना र्यालीमा यमराज, कोरोना र डाक्टरको स्वरुप बनाएर कोरोना विरुद्व आम सर्वसधारणलाई सचेत गराइएको सञ्जालका महासचिव कुलदिप साहले जानकारी दिए । उनका अनुसार कोरोना विरुद्वको सचेतनाका लागि झाँकी सहितको र्याली निकालिएको थियो । क्यामप्स चोकबाट सुरु भएको सचेतना र्याली जानकी मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो ।

जानकी मन्दिरमा दिप प्रज्वलनसमेत गरिएको छ । सञ्जालले युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईजना व्यवसायीलाई नगद पुरस्कारको घोषणा पनि गरेको छ । यद्दपी युद्यमी छनौट भएको छैन् । सञ्जालले शुक्रबार र शनिबार क्रमश ट्राफिक सचेतना र रक्तदान कार्यक्रमको तालिका राखेका छन् ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार २०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ