रौतहटका अन्तर्राष्ट्रिय कुस्ती खेलाडी वैरागीको हत्यारा १० वर्षपछि पक्राउ


टुडेखोज, रौतहट : अन्तराष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास वैरागीको हत्या’रालाई रौतहट प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साबिक प्रेमपुर गोनाही गाविस ३ हाल देवाही गोनाही नगरपालिका ७ बस्ने सोनफी पासवान भन्ने सोनफी हजरा रहेका छन् । गौर नगरपालिका ५ स्थित सडकमा हिलडुल गरी रहेको अवस्थमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दक्षिण एशियाली खेलकुदमा नेपाललाई कुस्ती खेलमार्फत काँस्य पदक दिलाएका कुस्ती खेलाडी वैरागीको २०६८ असार २३ गते राति साढे ८ बजेतिर ह’त्या भएको थियो । गौरमा उनको ह’त्या भएपछि आन्दोलन नै भएको थियो ।

त्यतिबेला नेपाल सरकारले उनलाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने भनेर प्रतिवद्धता जनाएको थियो । तर अहिलेसम्म न शहिद घोषणा गरिएका छ, न परिवारले क्षतिपूर्ति पाएको छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ