रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु


काठमाडौं : सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे गर्न लागेको रेल विभागले जनाएको छ ।

अध्ययनका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी अघि बढी सकेको छ । सम्झौताका लागि पूर्व तयारी भइसकेको रेल विभागका महानिर्देश दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार भारत सरकारकै लगातमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो ।

भारतीय रेल्व कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भ गर्न लागिएको उनको भनाइ छ। सरकारले पूर्णता प्राप्त नगरेको र मन्त्रालय पनि मन्त्रीविहीन भएकाले गर्दा सम्झौता रोकिएको छ ।

राजनीतिक तहको प्रकृया पूरा गर्नुपर्ने भएकाले गर्दा पनि मन्त्री नियुक्त नभएका कारणले मिति तय नभएको देखिन्छ । दुई पक्षबीच भएको सम्झौताको मितिले भारतीय पक्षले १८ महिनाभित्रमा १ सय ३५ किलोमिटर लामो परियोजनाको प्रतिवेदन बुझाउने छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ