कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए राजीनामा, हेर्नुस् सूची


काठमाडौं : सतारुढ दल नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोप्रति असन्तुष्ठ जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुले माग राख्दै आएका छन् ।

सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरु :
१) नन्दनकुमार दत्त
२) कुमार खड्का
३) बालकृष्ण पाण्डेय
४) गोरख ९आनन्द० विष्ट
५) नरेन्द्रकुमार चौधरी
६) हसन अन्सारी
७) किरणराज शर्मा पौडेल
८) रमा कोइराला पौडेल
९) कृष्णकिशोर घिमिरे
१०) गोपालकुमार बस्नेत
११) सुधीरकुमार शिवाकोटी

१२) मनोहरनारायण श्रेष्ठ
१३) ध्रुव वाग्ले
१४) मोहनसिंह राठौर
१५) शम्भुलाल श्रेष्ठ
१६) अभिषेख प्रताप शाह
१७) दयाराम पाण्डे
१८) जनकराज कलौनी
१९) भूमिबहादुर ९विश्व० गुरुङ
२०) आशाराम चौधरी
२१) दिलीप राई
२२) राजेश बहादुर सिंह

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ