यस्तो खाना खाएर बढाउनुहोस् यौनशक्ति


जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वैवाहिक सम्बन्धमा बाँधिन्छन् ।विवाह भनेको दुई मनको मात्र हैन, तनको संगम पनि हो । वैवाहिक जीवनमा बाँधिएपछि श्रीमान्-श्रीमती दुबैले एक-अर्कालाई माया, प्रेमसंगै शरीर पनि सुम्पन्छन् । अझ भनौं यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो ।

सबैलाई थाहा भएको कुरा हो-सुखी दाम्पत्य जीवनको आधार नै सफल सेक्स लाइफ हो । यदि तपाईको यौन जीवन स्वस्थ छैन भने तपाईको वैवाहिक जीवन कमजोर हुन थाल्छ । यौन जीवन स्वस्थ र सुखद होस् भन्नाका लागि तपाइर्ंले आफ्नो खानपानमा ध्यान दिनु आवश्यक छ ।

एउटा उखान नै छ नि-‘जस्तो खानुहुन्छ अन्न, त्यस्तै हुन्छ मन’ । तपाई आफ्नो यौन जीवन पुनः सुखद र स्वस्थ होस् भन्ने चाहानु हुन्छ भने यी खानेकुराहरुलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्छ ।

केरा
केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

हरियो तरकारी
हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइटि्रक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।

हरीयो र्खुसानी
खानालाई स्वादिलो बनाउने हरीयो खुर्सानीले तपाईको यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरीयो खुर्सानी सेवन गर्नाले पुरुषको गोप्य अंगको वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ । त्यसैले आज बाट नै आफ्नो भोजनमा हरीयो खुर्सानी समावेश गर्नुहोस् ।

फर्सीको बियाँ
फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।

डार्क चक्लेट
डार्क चक्लेले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एल-आर्जिनिन र अमीनो एसिड हुन्छ, जसले यौन चाहानालाई प्राकृतिक तरीकाले बढाउनका सहयोग गर्छ ।

अण्डा
अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार २२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ