नेपालमा पनि डिजिटल करेन्सीको तयारी


काठमाडौं : नेपालको आफ्नै डिजिटल मुद्राका लागि आवश्यक अध्ययन हुने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले डिजिटल करेन्सीको विषयलाई पहिलाे पटक सम्बोधन गरेको हो ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारले भने, ‘विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भईरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिनेछ ।’

उनले विश्वव्यापी रुपमा डिजिटल करेन्सीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै सेन्ट्रल बैंकबाट डिजिटल करेन्सीका लागि आवश्यक अध्ययन गर्ने तयारी गरेकाे समेत बताएका छन् । टेकपाना

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार २२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ