यसरी पाउनुहोस् शनि दोषबाट मुक्ति


शनिदेवलाई सबै ग्रहमध्ये न्यायाधीशको रुपमा मानिन्छ । मनुष्यका हरेक असल खराब कामका लागी शनिदेवले उचित फल दिने मान्यता स्वरुप न्यायाधीश देवका रुपमा मानिएको हो ।

यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशुभ छाया छ भने उसले अनेकौं प्रकारको समस्या भोग्नु पर्ने हुनसक्छ । शास्त्रमा शनिदोष कम गर्न र शनिको कृपा पाउन शनिवारका दिन कैयौं प्रकारको उपाय अपनाउन सुझाइन्छ ।

1) यदि शनिको साढेसातीको प्रभाव छ भने यसलाई नाश गर्न शनिवार बिहान सबेरै नुहाएर पीपलको रुखलाई जल अर्पित गर्दै सात पटक परिक्रमा गरी ‘ऊं शं शनैश्चराय नमः’ जप गर्नु पर्दछ ।

2) हनुमान भक्तप्रती शनिदेव हमेशा कृपा बर्साउने भएकाले शनिवार हनुमान चालीसाको पाठ गर्नु उपयुक्त मानिन्छ । हनुमानको दर्शन र भक्तिले शनिका सबै दोष समाप्त भएर जान्छ ।

3) शनिवार साझँ पीपलको रुख मुनी चारमुख भएको दियो बाल्नाले धन, वैभव र यश वृद्धि भएर जानेछ ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार ०७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ