आज चट्याङसहित देशका अधिकांश भागमा वर्षाको सम्भावना


काठमाडौं : आज देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुनेछ । विशेष गरी प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । यसले गर्दा तराई भेगमा वर्षाको सम्भावना धेरै रहेको छ । आज राति पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाको आकलन छ । त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार ०९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ