आज यि स्थानमा हुनसक्छ ‘भारी वर्षा’


काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अधिकांश भू-भागमा आज सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

आज विहान जनकपुर क्षेत्रमा भारी वर्षा भएको छ । विहान करिब साढे छ बजेपछि मौसम सफा देखिएको छ ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार ०८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ