उपेन्द्र यादवको कोटाबाट योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त


काठमाडौं : सरकारले डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्य पदमा नियुक्त गरेको हो ।

डा. उमाशंकर प्रसाद मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवका साथमा राजनीतिमा लागेका थिए । फोरमको बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आएका उनलाई अर्थशास्त्रीको रुपमा चिनिन्छ ।

त्रिवीमा अर्थशास्त्र अध्यापन गराई रहेका उनले भारतको जेएनयुबाट पीएचडी गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवको तर्फबाट उनी आयोगको सदस्यमा नियुक्त भएको बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ