हितेन्द्रदेव पुगे सर्वोच्च : कुलमानलाई हटाएर आफुलाई कार्यकारी निर्देशक कायम गर्न माग


काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै शाक्यले सोमबार रिट दायर गरेको सर्वोच्चका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनले रिट दर्ता भएको तर पेशी भने तोकि नसकिएको बताए ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा आफ्नो अधिकार हनन् भएको दाबी गरेका छन् ।

शाक्यले आफैंलाई कार्यकारी निर्देशकमा कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दाबी गरिएको थियो ।

शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा चार वर्षका लागि नियुक्ति गरिए पनि उनी एकाएक सर्वोच्च गएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई नियुक्त गरेको थियो ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ