महन्थको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगको निर्णय सदर


काठमाडौं : सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर भएको छ ।

निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव अध्यक्ष रहेको भन्दै उनको पक्षमा जसपाको आधिकारिकता प्रदान गरेको थियो । उक्त निर्णयविरुद्ध ठाकुरले अन्तरिम आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ