जनकपुरमा प्रदेश प्रहरीले समात्यो भ्यान, गाँजा र तस्कर


जनकपुरधाम । पिकअप भ्यानमा लुकाएर लागुऔषध गाँजा तस्करी गर्न लागेका एक युवकलाई जनकपुरधाम उपमहानगरपालिका ४ मुरली चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय बीरबहादुर ब्लोन छन् । उनले बा ५ च १४० नम्बरको पिकअप भ्यानमा पानी राख्ने ट्याङ्कीमा गाँजा लुकाएर तस्करी गर्न लागेका बेला सोमबार दिउसो पक्राउ परेका हुन् ।

प्रदेश २ प्रहरी कार्यालयको टोलीले सुराकीको आधारमा पिकअप भ्यान, एक क्वीन्टल गाँजासहित ब्लोनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार ०८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ