जसपाका १८ केन्द्रीय सदस्य र २ जिल्ला अध्यक्ष उपेन्द्र समूह छाडे


काठमाडौं : जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला अध्यक्षले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी बिष्णु जंग बस्नेतसहित १८ जना केन्द्रिय सदस्य र २ जिल्ला अध्यक्षले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् । पार्टीको प्रथम केन्द्रीय समितिको बैठक चलिरहेकै बेला उनीहरु पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी एकता गर्दा गरेको प्रतिवद्धता उपेन्द्र यादवले लत्याएको आरोप उनीहरुले लगाएका छन् । पार्टीलाई केही व्यक्तिले प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप समेत उनीहरुको छ ।

१८ महिना उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप समेत उनीहरुले लगाएका छन् ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ